माइतीघरको निषेधाज्ञा खारेजीको माग गर्दै नेविसंघ प्रदर्शनमा

आइतबार, ०७ माघ २०८०
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ। माइतीघरमा सरकारले लगाएको निषेधाज्ञा खारेजीको माग गर्दै नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिले प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीले ‘माइतीघरको निषेधाज्ञा खारेज गर’, ‘अभिव्यक्ति स्वतन्त्रता कायम गर’लगायतका नारा लगाएका थिए। सो क्रममा प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार