यही मुद्दामा अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय र उनीपछिका कार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध मुद्दा दायर गरेको थियो ।
केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल, तत्कालीन लेखा अधिकृत निमबहादुर वली, तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा, केन्द्रका कम्प्युटर इन्जिनियर रामशरण गायकसमेतलाई अख्तियारले प्रतिवादी कायम गरेको थियो ।
हालै अख्तियारले यसअघि नेपाल टेलिकमका प्रबन्ध–निर्देशकसमेत रहेका केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेल र केन्द्रमै लामो समय कार्यरत रहेर उपकार्यकारी निर्देशकसमेत रहेका विकल पौडेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा अनुसन्धान गरिरहेको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेसका लागि आवश्यक उपकरण र पूर्वाधार निर्माण गर्दा ६९ करोड भ्रष्टाचार भएको आरोपमा विकलले अर्को मुद्दा खेपिरहेका छन् । करारमा छिरेर लामो समय केन्द्रमा राइँदाइँ गरेका विकलको योजनामा सुनीलसहित संलग्न भएर अनियमितता गरेका थिए ।
आजको नयापत्रिका दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया