सीआईबी भन्छ नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको प्रमाण भेटियो

आइतबार, ०८ माघ २०७९
नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङ भएको प्रमाण र आधार भेटिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पुष्टि गरेको छ । सीआईबीले गएको पुस ९ देखि २७ गतेसम्म काठमाडौंमा भएको खेलमा स्पट फिक्सिङका प्रमाण देखिएको जनाएको हो । खेल मिलेमतोको आशंका भएपछि सीआईबीले प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले पैसाकै लेनदेन भएको निष्कर्ष निकाल्दै अनुसन्धानलाई अन्तिम रूप दिने तयारी गरेको छानबिन समितिका एक सदस्यले बताएका छन् । मिलेमतोमा संलग्न व्यक्ति र खेलाडीको नाम अन्तिम प्रतिवेदनमा मात्रै सार्वजनिक गर्ने सीआईबीले जनाएको छ । पुरै खेलमा मिलेमतो गरेका प्रमाण कम रहेको तर क्याच आउट, रन आउट, चौका, छक्का लगायतमा खेलका अफिसियलकोसमेत मिलेमतोमा जोडिएको सीआईबीले जनाएको छ । मिलेमतोमा धेरैजसो विदेशी र केही नेपाली खेलाडी पनि जोडिएको पाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार