जिप दुर्घटनामा ८ जनाको मृत्यु

मंगलबार, ०१ फागुन २०८०
पाल्पा -पाल्पाको तिनाउ गाउँपालिका ६ चिदिसमा जीप दुर्घटना हुँदा आठ जना यात्रुको घटनास्थामै मृत्यु भएको छ । पाल्पाको डुम्रे बजारबाट शिखर डाँडा जाँदै गरेको लु १ ज २३७१ नंम्बरको यात्रुबाहक जिप डुम्रे चक्लादी सडक खण्डको चिदिस भन्ने ठाउँमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले अहिले घाइतेहरुको उद्धार भइहेको बताए । जीप भिरालो उकालो सडकमा दुर्घटना भएका कारण उद्धारमा कठिनाई हुनुका साथै अझै केही शव हराई रहेकोले मृतकको संख्या अझै बढ्न सक्ने उनकाे भनाइ छ । केही घाइतेलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ । घटनास्थलमा स्थानीय बासिन्दा, प्रभास प्रहरी र ट्राफिक प्रहरीले उद्धार कार्य जारी राखेका छन् । उद्धारको लागि पाल्पास्थित नेपाली सेनाको दि फेमस दल गण र सशस्त्रको टोली घटनास्थलमा परिचालन भएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार