गत महिना काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा ४ जना नेपालेको संलग्नता रहेको प्रहरीले निष्कर्ष निकालेको छ ।
रास्ट्रिय क्रीकेट टोलीका खेलाडी महबुब आलम र आदिल अन्सारी सहित अन्य दुई जना नेपाली पनि संलग्नता रहेको प्रहरीले निष्कर्ष निकालेको हो ।
४ नेपालीसहित कम्तीमा १० जनाको संलग्नता भएको प्रहरीको भनाई छ ।
सम्पुर्ण विवरण सहित अनुसन्धान भैरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ । स्रोतका अनुसार स्पट फिक्सिङमा ४ जना नेपाली र ६ जना विदेशी संलग्न छन् ।
जसमध्ये महबुब आलम र आदिल अन्सारी गरी दुई जना पक्राउ परिसकेका छन् भने अरुको खोजी भइरहेको सीआईबी स्रोतले जनाएको छ ।
घटनामा संलग्न विदेशीले भने नेपाल छाडिसकेको हुनसक्ने सीआईबीले बताएको छ । नेपालीको खोजीकार्य तिब्र पारिएको र छिटै पक्राउ पर्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।
प्रतिक्रिया