डिएसपी श्रेष्ठका अनुसार १३ सिट क्षमताको मुस्ताङ जिपमा २६ यात्रु रहेकाले ‘ओभरलोड’ भएर दुर्घटनामा परेको आकलन गरिएको छ । ‘प्रारम्भिक हिसाबले हेर्दा सिट क्षमताभन्दा बढी यात्रु देखिन्छ । छतमा चामलका बोरा र तेलका पेटी पनि थिए,’ उनले भने, ‘उद्धारको काम सकिएपछि चालकसँग सोधपुछलगायत अनुसन्धान गर्छौँ ।’
जिप सडकबाट झन्डै सय मिटर तल छाँगोमा खसेको थियो । मृतक र घाइतेलाई एक्स्काभेटरको सहायताले निकालिएको पाल्पा प्रहरी प्रमुख हेरम्ब शर्मा कट्टेलले बताए ।
स्थानीय जीवन घिमिरे पनि तानसेन–तिनाउँ खण्डमा सार्वजनिक सवारीसाधनले सिट संख्याभन्दा धेरै यात्रु बोक्ने गरेको बताउँछन् । ‘कोचाकोच यात्रु राख्छन् । कच्ची सडक छ, त्यसमा पनि उकालो बाटोमा जिप नियन्त्रणबाहिर भएर दुर्घटना हुने गरेका छन्,’ उनले भने । उकालो कच्ची बाटोको स्तरोन्नतिको काम भइरहेको छ । आजको नयापत्रिका दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया