नेपाल क्रिकेट संघ क्यानले बलात्कारको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफल सुरु गरेको छ ।
क्रिकेट खेलाउनु पर्ने र खेलाउन नहुने दुई खालकै चर्चाका बिच क्यानले छलफल सुरु गरेको हो ।
नेपालको विद्यमान कानूनले अनुमति दिए अनुसार अघि बढ्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।
चन्दका अनुसार आईसीसीले पनि नेपालको कानुन अनुसार नै गर्न भनेको छ ।
बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौं उपत्यकाबाट बाहिर जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।
प्रतिक्रिया