साउदी सुपर कप:रोनाल्डोको क्लब अल नासर बाहिरियो

शुक्रबार, १३ माघ २०७९
क्रिस्टियानो रोनाल्डोको क्लब अल नासर साउदी सुपर कपबाट बाहिरिएको छ । विहीबार सम्पन्न सेमिफाइनलमा अल इतिहादसँग ३-१ ले पराजित भएपछि रोनाल्डोको साउदीमा उपाधि जित्ने लक्ष्य खरानी भयो । विजयी टोलीका लागि रोमारिन्हो, हम्दाल्लाह र मोहमद अलशान्कितिले गोल गरे । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासरका एन्डरसन टालिस्काले एक गोल फर्काए पनि हार टर्न सकेनन् । खेलमा अधिकांश समय बलमा पकड जमाएपनि अल नासरले पाएको अवसर सदुपयोग गर्न सकेन । यता अल इतिहादले काउन्टर अट्याकमा लगातार समस्या सिर्जना गर्दै अल नासरको डिफेन्सलाई दवावमा राख्यो । १५ अ‍ौं मिनेटमा रोमारिन्हो र ४३ अ‍‍ौं मिनेटमा हम्दाल्लाहले गोल गर्दै इतिहादलाई पहिलो हाफमा २-० ले अघि बढाए । ६७ अ‍ौं मिनेटमा टालिस्काले गोल फर्काउँदै सम्भावना देखाएपनि इन्ज्युरी समयमा अलशान्कितिले इतिहादको जित सुनिश्चित गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार