ला लिगा:शीर्ष स्थानमा बार्सिलोनाको ६ अंकको अग्रता

आइतबार, १५ माघ २०७९
ला लिगामा बार्सिलोनाले महत्त्वपूर्ण जित निकालेको छ ।  शीर्ष स्थानमा रहेको  बार्सिलोनाले गिरोनालाई शनिबार राति १-० ले पराजित गरेको हो । एकमात्र विजयी गोल मिड फिल्डर पेड्रीले गरेका थिए । यस जितपछि लिग लिडर बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि ६ अंकको अग्रता बनाएको छ । बार्सिलोनाको लागि आफ्नो एक सयौं खेल पूरा गरेका पेड्रीले ६१ औं मिनेटमा गोल गरेका थिए । ओसमान डेम्बेले घाइते भएपछि पहिलो हाफमै पेड्री वैकल्पिक खेलाडीको रुपनमा मैदान प्रवेश गरेमा थिए । उनैले दोस्रो हाफमा निर्णायक गोल गर्दै टिमलाई तीन अंक दिलाए । बार्सिलनेनाको १८ खेलबाट ४७ अंक छ । एक खेल कम खेलको रियलको ४१ अंक छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार