ला लिगा:रियल म्याड्रिड बराबरीमा रोकिदा बार्सिलोनालाई फाइदा

सोमबार, १६ माघ २०७९
रियल म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ । रियल घरेलु मैदानमा रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको हो । रियल बराबरीमा रोकिदा यस्को फाइदा भने बार्सिलोनालाई भएको छ । सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा घरेलु टोली रियलले पाहुना टोलीलाई लगातार दवावमा राखेपनि रियल सोसिडाडको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । रियल सोसिडाडका गोलरक्षक एलेक्स रेमिरोले रियलको एकपछि अर्काे प्रहारलाई निस्तेज पार्दै  रियललाई रोक्न सफल भएको हो । बराबरीसँगै रियल शीर्षस्थानको क्याटलान क्लब बार्सिलोनासँग ५ अंकले पछि परेको छ । रियलको १८ खेलबाट ४२ अंक पुगेको छ । शीर्षस्थानको बार्सिलोनाको ४७ अंक छ । रियल सोसिडाड १९ खेलबाट ३९ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार