ला लिगा: शिर्ष स्थानको बार्सिलोनाको सहज जित

विहीबार, १९ माघ २०७९
स्पेनिस ला लिगाकाे शीर्षस्थानमा रहेकाे क्याटलान क्लब बार्सिलोनाले सहज जित निकालेको छ । शीर्षस्थानमा रहेको बार्सिलोनाले १० खेलाडीमा समेटिएको घरेलु टोली रियल बेटिसमाथि २–१ को जित निकालेको हो । रियल बेटिसले उपहार गोल पाएको थियो । स्टेडियो बेनिटो भिल्लामार सेभिल्लामा बुधबार राति भएको खेलमा पाहुना टोली बार्सिलोनाले बल पोसेसन राख्दै घरेलु टोली रियल बेटिसलाई लगातार दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । १०औं मिनेटमा फरवार्ड बोर्जा इग्लिसिएस चुक्दा रियल बेटिस अग्रताबाट चुक्यो । १८औं मिनेटमा पेड्रीको प्रहारलाई बेटिसका गोलरक्षक रुई सिल्भाले बचाए । ४८औं मिनेटमा गोलरक्षक सिल्भाले पेड्रीको प्रहारलाई पुनः विफल पारे । ६५औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । उनले एलेक्स बाल्डेको पासमा गोल गर्न सफल भएका थिए । ८०औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रत दोब्बर पारे । उनले रोनाल्ड एराउजोको पासमा गोल गर्न सफल भएका थिए । ८५औं मिनेटमा जुल्स कुन्डेले आत्मघाती गोल गरेपछि खेल २–१ को स्थितिमा पुग्यो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटिन पुग्यो । विलियम कार्भाल्हो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । यस जितसँगै बार्सिलोनाले शीर्षस्थानमा ८ अंकको अग्रता बनाएको छ । बार्सिलोनाको १९ खेलबाट ५० अंक पुगेको छ । एक खेल कम खेलेको रियलको ४२ अंक छ । पराजित बेटिस ३१ अंब जोडेर छैटौं स्थानमा छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार