सन्दीपविरुद्ध सर्वोच्च अदालतमा आज सुनवाइ

शुक्रबार, २० माघ २०७९
नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ । नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै सन्दीपविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदन दिएको थियो । जसमाथि आज पहिलो सुनुवाइ हुने भएको हो । गत मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग गर्दै दिइएको निवेदनको पेशी आज तोकिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताए। उच्च अदालतको आदेश पछि रिहा भएका सन्दीपलाई पुनः नेपाली क्रिकेट मैदानमा ल्याउने नेपाल क्रिकेट सङ्घको निर्णय भएको पर्सिपल्ट अर्थात आज शुक्रवार सर्वोच्चमा पहिलो सुनवाइ हुन लागेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार