एमबाप्पेले बार्यबिरुद्दको खेल गुमाउने,करिब तीन साता मैदान बाहिर

शुक्रबार, २० माघ २०७९
पेरिस सेन्ट जर्मेन (पिएसजी) का फ्रान्सेली स्टार फरवार्ड केलियन एमबाप्पेले च्याम्पियनस लिग अन्तर्गत बार्यन म्युनिखसँगको खेल गुमाउने भएका छन्  । एमबाप्पे झण्डै  तीन साता मैदान बाहिर रहने बताइएको छ  । तिघ्राको चोटका कारण एमबाप्पे तीन साता मैदान बाहिर रहने क्लबले जनाएको छ । एमबाप्पेले बुधबार राति मोन्टपेलिएरमाथि ३–१ को जित निकालेको खेलमा चोट बोक्न पुगेका थिए । खेलेको सुरुवाती २१औं मिनेटमा चोटका कारण मैदान छाड्न बाध्य हुनुअघि दुई पेनाल्टी र एक खुल्ला मौका गुमाएको २४ वर्षीय एमबाप्पेका लागि यो बिर्सने रात सावित थियो । एमबाप्पेले यो सिजन आफ्नो क्लबका लागि २६ खेलमा २५ गोल गरिसकेका छन् । तीन साता मैदान बाहिर रहने भएसँगै एमबाप्पेले जर्मन क्लब बायर्न म्युनिखसँग हुने युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेग, मार्सेसँगको फ्रेन्च कप र मोनाकोसँग लिग वानको महत्वपूर्ण खेल गुमाउने भएका छन् । मार्सेसँगको फ्रेन्च कप फेब्रुअरी ८ र त्यसको तीन दिनपछि मोनाकोसँगको लिग वान खेल हुनेछ । बायर्नसँगको पहिलो लेगको प्रि–क्वाटरफाइनल खेल पिएसजीको मैदानमा १४ फेब्रुअरीमा हुँदैछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार