कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनित

सोमबार, १२ चैत्र २०८०
काठमाडौं । नेपाली कांग्रेस संसदीय दल राष्ट्रिय सभाको प्रमुख सचेतकमा राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकाय मनोनित भएका छन् । कांग्रेस संसदीय दलको कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै रोकायलाई प्रमुख सचेतकमा मनोनयन गरिएको जनाएको छ । निजी सचिव केशवराज जोशीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ,‘नेपाली कांग्रेस संसदीय दल राष्ट्रिय सभाको प्रमुख सचेतकमा राष्ट्रिय सभा सदस्य माननीय श्री कृष्णबहादुर रोकायज्यू मनोनित हुनुभएको छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार