इलाम २ को उपनिर्वाचनका लागि एकीकृत समाजवादीद्वारा तीन जनाको नाम सिफारिस

मंगलबार, १३ चैत्र २०८०
इलाम  / नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि उम्मेदवारमा तीन जनाको नाम सिफारिस गरेको छ। पार्टीको जिल्ला सचिवालयले जिल्ला सचिव हरिवाला राई, सचिवालय सदस्य जितबहादुर राई र केन्द्रीय परिषद् सदस्य पूर्णबहादुर बस्नेतको नाम प्रदेश कमिटीमा सिफारिस गरेको हो । यसअघि नेकपा समाजवादीबाट पूर्व प्रधानमन्त्री झलनाथ खनाल र जिल्ला अध्यक्ष भक्त केसीसमेत उम्मेदवार बन्ने चर्चामा थिए। तर खनाल र केसीलाई पार्टीले वाम दलको साझा उम्मेदवार बन्ने अवस्था आउँदा मात्रै अघि सार्न खोजेको जनाइएको थियो । नेकपा ९एमाले०ले पार्टीको एकल उम्मेदवार घोषणा गरेपछि नेकपा समाजवादीले खनाल र केसीलाई जिल्लाबाट सिफारिस नै नगरेको जनाइएको छ । इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदै छ। एमाले नेता सुवासचन्द्र नेम्बाङले चुनाव जितेको यो क्षेत्र गत भदौ २६ मा नेम्बाङको निधन भएपछि रिक्त रहेको स्थानमा उपनिर्वाचन हुने भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार