रियल हारेको रात बार्साको सहज जित,लिगमा ८ अंकको स्पष्ट अग्रता

सोमबार, २३ माघ २०७९
स्पेनिस ला लिगा अन्तर्गत महारथी रियल म्याड्रिडले हार बेहोरेको रात बार्सिलोनाले सहज जित निकाल्दै लिगमा थप बलियो बनेको छ । समना २० खेल खेल्दा दोस्रो स्थानको रियल म्याड्रिडलाई बार्सिलोनाले ८ अंकले पछि पारेको छ । हिजो राति भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई ३–० ले पराजित गर्यो भने रियल म्याड्रिड मालोर्कासँग १–० ले पराजित भयो । आइतबार राति घरेलु मैदानमा सेभियालाई ३–० ले पराजित गर्दै बार्सिलोनाले रियल म्याड्रिडलाई ८ अंकले पछि पारेको हो । घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाको जितमा जोर्डी अल्वा, पाब्लो गाभी र राफिन्हाले गोल गरे । सबै तीन गोल नै दोस्रो हाफमा भएको थियो । खेलको सुरुवातदेखि नै पाहुना टोली सेभियालाई दवावमा राखेको बार्सिलोनाले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ५८औं मिनेटमा जोर्डी अल्वाले फ्रान्क केसीको पासमा गोल गर्दै बार्सिलोनाको गोलको खाता खोले । ७०औं मिनेटमा पाब्लो गाभीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । उनले राफिन्हाको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि ७९औं मिनेटमा राफिन्हाले अल्वाको पासमा गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए । यता अंक तालिकाको दशौं स्थानमा रहेको मालोर्काले रियलविरुद्ध १–० को जित दर्ता गर्न सफल भयो। १३ औं मिनेटमा घरेलु टोली मालोर्काले अग्रता लियो । भेदाट मुरिकीको हेडर नाचोलाई लाग्दै गोलमा परिणत भएपछि रियल पछि परेको थियो । दोस्रो हाफमा रियलले खेलमा फर्कने सुवर्ण अवसर पाएको थियो । गोलरक्षक पेद्राग राकोभिचले भिनीसियसलाई पेनाल्टी क्षेत्र भित्र लडाएपछि रियलले पेनाल्टीको अवसर पायो । तर मार्को एसेन्सियोले पेनाल्टीमा गोल गर्न सकेनन् । गोलरक्षक राकोभिचले एसेन्सियोको प्रहार विफल पारे । यस हारसँगै रियल बार्सिलोनाभन्दा ८ अंकले पछि रहेको छ । बार्सिलोनाको २० खेलमा ५३ अंक तथा रियलको २० खेलमा ४५ अंक रहेको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार