काठमाडौं / काठमाडौंमा पिकं केयर एथन हुने भएको छ । कोभिडका कारण केही बर्ष बन्द भएको पिकं केयर एथन कार्यक्रम लेजर पोर्ट नेपाल प्रा ली र नेपाल प्रहरी श्रीमती सङ्घको आयोजनामा आउँदो वैशाख ८ गते म्याराथन लगायत विभिन्न सचेतनामूलक कार्यक्रम हुने भएको हो ।
आयोजकहरूका अनुसार कार्यक्रम पैदल र दौड गरी विभिन्न तीन विधामा हुनेछ । जसमा ३ किमी, ५ किमी र १० किमी रहनेछ । सुरु र अन्त्य बिन्दु प्रहरी प्रधान कार्यालय नक्साल हुनेछ र दौड पछि सहभागीहरूलाई खाजा र जुस दिइनेछ।
साथै ,प्रत्येक सहभागीलाई टिसर्ट र फिनिशर्स पदक प्रदान गरिने आयोजकले बताएको छ । प्रत्येक विधामा प्रथम पाँच जनालाई पुरस्कार दिइनेछ, र भाग्यशाली सहभागीहरूका लागि प्रशस्त उपहारहरू हुने जानकारी आयोजकले दिएको छ ।
भारतीय अभिनेता तथा मोडल जय भानुशालीले काठमाडौँ पिंक केयर एथोनको २०२४ संस्करण सञ्चालन गर्नेछन्। सहभागीताका लागि सम्पूर्ण महिलाहरूले ईसेवा मार्फत दर्ता गर्न सक्नेछन्।
काठमाडौँ पिंक केयर एथन स्तन क्यान्सर सचेतना, महिला स्वास्थ्य सेवा, र शारीरिक, मानसिक, बौद्धिक, तथा आध्यात्मिक विकास र सशक्तीकरणको लागि आत्म हेरचाह प्रवर्धन गर्ने कार्यक्रमहरूको शृङ्खला हो।
काठमाडौँको दशरथ रंगशालामा २४ फेब्रुअरी, २०१७ मा आयोजित यसको पहिलो संस्करणले अत्यधिक प्रतिक्रिया तथा सफलता प्राप्त गरेको थियो। त्यस पछि पनि २०१८ र २०१९ मा यस कार्यक्रमले २५०० भन्दा बढी महिलाहरूलाई एकसाथ ल्याउन सफल भयो र त्यसपछि विश्वव्यापी कोभिड महामारीको कारण कार्यक्रम केही वर्षलाई रोकियो।
ब्रान्ड एम्बेसेडरहरु, विज्ञहरू, र विभिन्न क्षेत्रका प्रभावकारहरूको सहकार्यमा पिंक केयर एथनले महिलाहरूलाई आफ्नो र आफ्नो परिवारको लागि स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्ने गरेको छ।
प्रतिक्रिया