आयरल्यान्ड ए माथि नेपाल ए को रोमाञ्चक जित

सोमबार, १९ चैत्र २०८०
काठमाडौं/   तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपाल ए ले आयरल्यान्ड ए माथि ३ रनको रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको २१४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड ए ले पूरा ओभर खेल्दै  ७ विकेट गुमाएर २ सय १० रन मात्र बनाउन सक्यो । नेपालको जितमा विपिन खत्रिले ३ विकेट लिए । कमलऐरी, नारायण जोशी र रासिद खानले समान एक/एक विकट लिए । यसअघि ब्याटिङ त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि आरिफ सेखले नटआउट ९३ रनको शासनदार पारी खेले ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार