बास्केटबल विकासका लागी विद्यालय खेलकुद महासंघ र नेपाल बास्केटबल संघ बिच सम्झौता

बुधबार, २१ चैत्र २०८०
काठमाडौँ  / विद्यालय तहदेखि बास्केटबल विकास गर्ने उद्देश्यले नेपाल विद्यालय खेलकुद महासंघ, नेपाल बास्केटबल संघ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघबीच सोमबार त्रिपक्षीय सम्झौता भएको छ। विद्यालय खेलकुदका अध्यक्ष विनोद श्रेष्ठ, ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य राजकुमार कार्कीले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे। प्रतियोगिता, प्रशिक्षण, विद्यालयस्तरदेखि ब्याडमिन्टनको विकास र प्रवद्र्धन, अन्तर्राष्ट्रिय सहभागिता, भौतिक पूर्वाधारलगायतमा सहकार्य गरी अगाडि बढ्ने बताइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार