नेपालले भारतमा जित्यो उपाधि, फाइनलमा गुजरात १८ रनले पराजित

आइतबार, २५ चैत्र २०८०
काठमाडौं। नेपालले भारतमा फ्रेण्डसीप कप टी–२० क्रिकेटको उपाधि जितेको छ। आइतबार भएको फाइनलमा नेपालले गुजरातलाई १८ रनले पराजित गरेको हो। १७७ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको गुजरात निर्धारित ओभरमा ८ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो  नेपालका लागि अभिनाष बोहराले ३ र दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १७६ रन बनायो। नेपालका लागि रोहित कुमार पौडेलले अर्धशतकीय पारी खेले। कप्तान रोहित कुमार पौडेलले ७४ रन बनाए। उनले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। रोहितले ३३ बलमा ५० रन पूरा गरे। सो क्रममा उनले ३ छक्का र २ चौका प्रहार गरे। आसिफ शेखले ३४, कुशल भूर्तेलले १९ र दीपेन्द्र सिंह ऐरीले ७ रन बनाए। कुशल मल्लले ३१ रनमा र सन्दीप जोरा ७ रनमा अविजित रहे। गुजरातका लागि शेन पटेल र तेजस पटेलले १–१ विकेट लिए। बरोडा भने लिग चरणमै रोकिएको थियो । क्याप्टेन रोहित पौडेलसहितका सिनियर खेलाडीलाई आराम दिइएको बरोडासँगको लिग चरणको अन्तिम खेलमा भने नेपाल पराजित भएको थियो ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार