शिक्षा सुधारको नाममा हालको विवादले इटहरीले पहिचान बनाउँदै गरेको शैक्षिक गन्तव्यको छविमा नकारात्मक प्रभाव समेत पारेको नागरिक समाजकी अध्यक्ष वालिका भट्टराईले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ
इटहरीका संस्थागत विद्यालयहरूले उपमहानगरले तोकेको ड्रेस कोड नमान्ने जनाएका थिए । उपमहानगर भित्र सञ्चालित संस्थागत विद्यालयको छाता सङ्गठनहरूले ड्रेस कोड र शुल्क निर्धारणप्रति असहमति जनाएका थिए ।
उपमहानगरले नगरभित्र सञ्चालित विद्यालयहरूमा एउटै ड्रेस कोड लागु गर्ने निर्णय गरेको थियो। सो निर्णय विरुद्ध उच्च अदालतमा मुद्दा समेत परेको थियो ।
सो मुद्दामा उच्च अदालत विराटनगरले उपमहानगरपालिकाको पक्षमा फैसला गरेको थियो । तर ड्रेस कोडको चौतर्फी रूपमा विरोध सुरु भएको छ । उपमहानगर क्षेत्रमा संस्थागत विद्यालयहरूमा झन्डै ४२ हजार भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।
प्रतिक्रिया