अहिले भोटिङ राउन्ड चलिरहेको र भोलि (बुधवार) बिहान १० बजे सम्म भोट गर्न पाइने उनले बताए । सिसमलाई जिताउन खल्ती एपमा रहेको मिस् नेसनलमा गएर कन्टेस्टेन्ट नम्बर १५ मा भोट गर्न सकिने उनले बताए ।
सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायले आयोजना गरेको सो प्रतियोगिताको फिनाले वैशाख १९ गते काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ। फिनाली राष्ट्रिय टेलिभिजन इमेज च्यानलबाट प्रसारण हुनेछ ।
फिनालेमा विजेताहरूलाई पाँच लाख बराबरको गिफ्ट ह्याम्परका साथै मिडिया एक्स्पोजर र नेपालको प्रतिनिधित्व गर्न मिस्टर एन्ड मिस सुप्रा नेसनल नेपाल २०२४ लाई पोल्यान्ड, मिस्टर इन्टरनेसनल नेपाल २०२४ लाई थाइल्यान्ड, मिस ग्लोब नेपाल २०२४ लाई अल्बानिया र मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४ लाई इजिप्ट पठाइने बताइएको छ ।
प्रतिक्रिया