एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

बुधबार, २६ बैशाख २०८१
ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ताप्लेजुङको अध्यक्षमा डम्बर ध्वज तुम्बाहाम्फे निर्वाचित भएका छन् । मङ्गलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अधिवेशनले उनलाई निर्वाचित गरेको हो । निर्वाचन समितिका अनुसार तुम्बाहाम्फेले आफ्ना प्रतिस्पर्धी बलबहादुर साम्सोहाङभन्दा २६ मत बढी पाएका थिए । पार्टी उपाध्यक्षमा दीपेन्द्र पोमू, सचिवमा सन्तोष चाम्लिङ, उपसचिव खुलामा गोपाल न्यौपाने र उपसचिव महिलामा भीमादेवी ओझा निर्वाचित भएकी छन् । जिल्लाभरबाट तीन सय ६७ प्रतिनिधि अधिविशेनमा सहभागी भएका थिए । अधिवेशनको एमाले महासचिव शङ्कर पोखरेलले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार