प्रचण्डको आदेशमा मधेश सरकारबाट बाहिरिँदै माओवादी

विहीबार, २७ बैशाख २०८१
काठमाडौं  । सत्तारुढ दल जसपा नेपाल विभाजन भएसँगै यसका बाछिट्टाहरु प्रदेशमा पनि देखिन सुरु भएको छ । जसपा विभाजन भएको ४ दिनमै जसपाकै नेतृत्वमा रहेको मधेश प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निदेृशनअनुसार माओवादीले प्रदेश सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने तयारी गरेको प्रदेश संसदीय दलका नेतासमेत रहेका वनमन्त्री भरतप्रसाद साहले जानकारी दिए । प्रधानमन्त्री दाहालले भरत साहलाई फोन गरेर तत्काल सरकारबाट बाहिरिन निर्देशन दिएपछि अहिले माओवादी मधेश प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ । बैठकले सरकारबाट बाहिरिएको घोषणा गर्नेछ । हाल मधेशमा जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री छन् । तर, जसपा नेपाल फुटेपछि यादव कुन पक्षमा जान्छन् त्यो प्रष्ट भईसकेको छैन् । दुवै पक्षले मधेशमा आफ्नो दलको बहुमत रहेको दाबी गरिरहेको छ । पार्टी फुट्नासाथ सत्ता साझेदार दलले समर्थन फिर्ता लिने तयारी गरेपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यता सत्ताको अर्को घकट दल नेकपा एमालेले पछि आज सरकारका बारेमा छलफल गर्दैछ । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेपछि एमालेले पनि आफ्ना सांसद र मन्त्रीलाई तत्काल प्रदेश राजधानी आउन भनेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार