इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले इनरुवामा पहिलोपटक हुन लागेको इनरुवा उत्सव तथा चलचित्र महोत्सव उदाहरणीय बनाउन आवस्यक रहेको उल्लेख गरे । प्रदेश १ कलाको खानी हो भनेर देखाउनका लागि पनि महोत्सव फलदायी हुने आसय प्रमुख भण्डारीको थियो ।
सुनसरीको सदरमुकाम समेत रहेको इनरुवामा सुरु भएको कार्यक्रममा शिक्षा,स्वास्थ्य ,खेलकुद,चलचित्र,पत्रकारिता लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिने चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए ।
कार्यक्रममा चलचित्र प्रदर्शनीका साथै सास्कृतिक कार्यक्रम ,पुस्तक विमोचन , बेबी फेन्सी ड्रेस प्रतियोगिता ,साहित्य सम्मेलन ,उत्कृष्ट तरकारी उत्पादक प्रतियोगिता , विद्यालय स्तरीय नृत्य प्रतियोगिता, नेता भर्सेज अभिनेता फुटवल लगायत अन्य विविध कार्यक्रमहरु आयोजना हुने अध्यक्ष प्रधानले जानकारी दिए ।
त्यस्तै कार्यक्रममा प्रदेश नं. १ को नाम उच्च राख्न योगदान पुर्याउने चलचित्र क्षेत्रका व्यक्तित्वहरुलाई प्रदेश १ तारा नामले सम्मान गरिने छ । कार्यक्रममा सहभागी अतिथीहरुलाई बराहक्षेत्र नगरपालिकामा रहेको प्रस्तावित फिल्मीसिटीको भ्रमण गराउने कार्यक्रम समेत रहेको प्रधानले जानकारी गराएका थिए ।
कार्यक्रमको उद्घाटन पहिला इनरुवाको भगवती माध्यामिक बिध्यालय देखि महोत्सव स्थल शान्ति चोक सम्म स्थानिय भेषभुषाको झाकी सहितको र्याली गरिएको थियो ।
प्रतिक्रिया