सिरहा । सिरहामा दिनदहाडै मनि ट्रान्सफरका कर्मचारी लुटिएका छन्। मिर्चैयास्थित ग्लोवल आईएमई बैंकबाट पैसा लिएर जाने क्रममा मनि ट्रान्सफरका कर्मचारी लुटिएका हुन । मिर्चैयामा रहेको ग्लोबल आइएमइको शाखाबाट नौं लाख रुपैयाँ लिएर कल्याणपुर जाने क्रममा मनि ट्रान्सफरका कर्मचारी बुधबार दिउसो लुटिएका हुन । लुटपात पश्चात लुटेर फरार भएको प्रहरीले जनाएको छ ।
कल्याणपुर नगरपालिका ११ मा रहेको राजाराम सव मनि ट्रान्सफरको लागि मिर्चैयास्थित ग्लोवल बैंकबाट ९ लाख रुपैयाँ लिएर जाँदै गरेको बेला कल्याणपुर सडक अन्तर्गत मिर्चैया नगरपालिका ३ को वतहा खोला पुल नजिकैबाट रहेका चार जनाको समूहमा लुटेराहरुले लुटपाट गरेको इलाका प्रहरी कार्यालाय मिर्चैयाका प्रमुख डीएसपी हरिकृष्ण केसीले जानकारी दिए।
उनले मोटरसाइकलमा रहेका लुटेराहरुले मनि ट्रान्सफरका कर्मचारीहरुलाई हात हतियार देखाएर कुटपीट समेत गरेको प्रहरीले बताए। उनले भने, ‘अलि एकान्तजस्तो ठाउँ रहेछ, एम्वुस थापेर बसेका लुटेराहरुले उनीहरुलाई हतियार देखाएर कुटपीट पनि गरेछन्,’ उनले भने ।
उनले रकम लुटिएको भन्ने थाहापाउना साथ सवै नाकाहरुमा खोजतलासको लागि प्रहरी परिचालन गरिएको जनाए। घटनाको बारेमा अनुसन्धान गरिरहेको बताए।
प्रतिक्रिया