एमालेका मन्त्रीले राजीनामा दिएपछि ८ मन्त्रालयको जिम्मेवारी प्रचण्डलाई

विहीबार, २० असार २०८१
काठमाडौं : नेकपा एमालेका मन्त्रीले राजीनामा दिएपछि रिक्त भएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री आफैंले सम्हालेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार एमालेका सबै मन्त्रीले सम्हालेका मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने गरी तोकेका हुन्। एमालेका आठ जना मन्त्रीले बुधबार साँझ प्रधानमन्त्री प्रचण्डलाई भेटेर सामूहिक राजीनामा बुझाएका थिए। राजनीतिक समीकरण फेरिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्री फिर्ता बोलाएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार