सिंह र पौडेलले लिए उपप्रधानमन्त्रीको शपथ

सोमबार, ३१ असार २०८१
काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र एमालेका उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्री पदको शपथ लिएका छन् । सिंह र पौडेललाई राष्ट्रपति रामचन्द पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ गराएका हुन् । सिंहले उपप्रधानसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पौडेलले उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । यसअघि राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार