दंगल (कुस्ती) पनि एउटा कला हो । खेलाडीहरुले आफ्नो कला कुशलता पुर्वक प्रस्तुत गर्नु भयो । हामी अभिनय गरेर आफ्नो कला प्रस्तुत गर्छौं । वाँहाहरुले कुस्ती खेलेर कला प्रस्तुत गर्नुभयो । कला सबैमा हुन्छ तर त्यस्को प्रस्तुति कुशल हुन आवस्यक छ । नगद हस्तान्तरण पछि कलाखार खत्रीले भने ।
अर्को प्रसङ्गमा बोल्दै कलाकर खत्रीले आफू चलचित्र निर्माणको तयारीमा रहेको जानकारी दिए । अहिले नै तत्काल औपचारिक नभए पनि चलचित्र निर्माण गर्ने योजना रहेको उल्लेख गर्दै सामाजिक विषयवस्तुकै वरपर रहेर चलचित्र निर्माण गर्ने खत्रीको योजना छ ।
भारतमा निकै रुचाइने दंगल (कुस्ती) इनरुवामा भने पहिलो पटक खेलाइएको नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए । कुस्ती प्रतियोगीतामा नेपाल सगै भारतका चर्चित पहलमानहरुको उपस्थित रहेको छ ।
इनरुवा उत्सव तथा चलचित्र महोत्सवमा चलचित्र गतिविधि सँगै बिभिन्न प्रकारका खेल, प्रतियोगीताहरु भईरहेको छ । हरेक साझ नेपाली तथा भोजपुरी स्टार हरुले साङ्गेतिक प्रस्तुती दिरहेका छन् । कार्यक्रम १७ गते सम्म चल्ने महासंघ अध्यक्ष प्रधानले जानकारी दिएका छन् ।
प्रतिक्रिया