विराटनगरमा विद्यालयबाट हाम फालेर छात्रा घाइते

सोमबार, १७ भदौ २०८१
विराटनगर । विराटनगरको एउटा विद्यालयबाट हाम फालेर एक जना छात्रा घाइते भएकी छन् । प्रहरीका अनुसार विराटनगर महानगरपालिका–३ स्थित पोखरिया माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत १६ वर्षीया छात्राले सोमबार दिउँसो ३ बजेतिर हाम फालेकी हुन् । उनले विद्यालयको दोस्रो तलाबाट हाम फालेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । विराटनगर–१ घर भएकी छात्रा लडेको अनुमान सुरुमा गरिएको भएपनि पछि आफैं हाम फालेको पत्ता लागेको छ । डीएसपी बस्नेतका अनुसार विद्यालयमा रहेको सीटी क्यामेरा फुटेजमा आफैंले हाम फालेको देखिन्छ । अवस्था मध्यम रहेकी उनको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने डीएसपी बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार