चार चक्के सवारी साधनहरू बसपार्कमा मात्र पार्किङ गर्नुपर्ने निर्णय

सोमबार, १७ भदौ २०८१
ताप्लेजुङ : भदौ २० गतेबाट सम्पूर्ण चार चक्के सवारी साधनहरू फुङलिङ–४ मा निर्माण भएको बसपार्कमा प्रवेश तथा पार्किङ गर्नुपर्ने निर्णय भएको छ । फुङलिङ नगरपालिकाको संयोजनमा सुरक्षा निकायका प्रमुखहरू र यातायात व्यवसायीका प्रतिनिधि समेत सहभागी बैठकले सो निर्णय गरेको हो । नगरपालिकाको पहलमा भएको सो कार्यले बढ्दो सवारी चाँप र ट्राफिक व्यवस्थापन समेतलाई समेत सहयोग गर्ने अपेक्षा लिइएको छ । नगरप्रमुख अमिर मादेनका अनुसार दैनिक रूपमा सवारीको सङ्ख्या वृद्धि हुँदै गएपछि सो निर्णय गरिएको हो । हाल तोक्मेडाँडामा अस्थायी रूपमा बसपार्क सञ्चालनमा छ । नयाँ बसपार्कका लागि आवश्यक पूर्वाधारहरू फुङलिङ नगरपालिकाले निर्माण गर्ने बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार