मोरङको सुन्दरहरैँचामा करेन्ट लागेर एकको मृत्यु

मंगलबार, १८ भदौ २०८१
मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिका ३ मा करेन्ट लागेर ३९ वर्षीय डिल्लीबहादुर विष्टको मृत्यु भएको छ । मंगलबार (आज) आफ्नै घरको गोठमा मोटर खोलेर गोठ सफा गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका विष्टको उपचारको क्रममा विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार