विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

बुधबार, १९ भदौ २०८१
विराटनगर । विराटनगरमा बुधबार बिहानका राति भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ रानीस्थित ३ नम्बर ढाटमा बिहानका राति १ः१५ बजेतिर दुर्घटना हुँदा चालक विराटनगर–१ का २० वर्षीय सुशील कामतको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार रानीको भट्टीमोडबाट भारतको जोगवनीतर्फ जाँदै गरेको को २१ प ८९६२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर ढाटमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका चालकलाई उपचारका लागि न्युरो अस्पताल ल्याइएको थियो । उपचारका क्रममा बिहान ३ः१० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा ल्याइएको छ । घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी बस्नेतले बताए । उनका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार