पाँचथरमा कुददै गरेको  मोटरसाइकलमा  ढुङ्गाले लागेर मोरङ सुन्दरहरैंचाका ढकालको मृत्यु,एक घाइते

विहीबार, २० भदौ २०८१
पाँचथर–पाँचथरको हिलिहाङ गाउँपालिकामा मोटरसाइकल कुदाइ रहेको अवस्थामा सडक माथिदेखि खसेको ढुङ्गाले लागेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा मोरङको सुन्दरहरैंचा ११ सलकपुरका २६ वर्षीय उद्धव ढकाल रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ढकाल कबेली ए जल विद्युत् आयोजनामा कार्यरत थिए । उनलाई बुधवार हिलिहाङ १ हाङदे भन्ने स्थानमा बिहान साढे नौ हिबजे मोटरसाइकल कुदाइरहेको अवस्थामा सडक माथिदेखि खसेको ढुङ्गाले लागेको थियो । ढुङ्गाले लाग्दा सख्त घाइते भएका ढकाललाई उपचारका लागि पाँचथर अस्पताल ल्याइ पु¥याउ‘दा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख  (डिएसपी) हेमन्त भण्डारीले बताए । भण्डारीका अनुसार मोटर साइकलको पछाडि सवार काठमाण्डौको मनोहरा ९ घर भएका तुलसीबहादुर खड्का पनि घाइते भएका थिए । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ढकालको शव पोस्टमार्टम गरी आफन्तलाई जिम्मा दिने प्रक्रिया सुरु गरेको पनि पाँचथर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार