इटहरीमा भोलि सार्वजनिक बिदा दिने निर्णय

विहीबार, २० भदौ २०८१
इटहरी : भोलिशुक्रवार इटहरी उपमहानगरपालिकाले हरितालिका तिजको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार एक सूचना जारी गर्दै इटहरी उपमहानगरपालिकाले बिदा दिएको हो । सो अवसरमा इटहरी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गत रहेका वडा कार्यालय, इटहरी अस्पताल, स्वास्थ्य संस्था र नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा समेत एक दिन बिदा दिइएको इटहरी उपमहानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । बिदाको दिन इटहरी उपमहानगरपालिकाको अत्यावश्यक सेवा र इटहरी अस्पतालको इमरजेन्सी सेवा भने सञ्चालन हुनेछन् । पढ्नुहोस् सूचना

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार