धनुषा : धनुषाको लक्ष्मीनिया गाउँपालिका ७ स्थित पोखरीमा डुबेर तीन बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय १० वर्षीय आदित्य कुमार साह, ८ वर्षीय आयुस साह, र १४ वर्षीय सुशान्त साह रहेका छन् ।
इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु कुमार साहकाअनुसार बालकहरू आफ्नो हजुरबुबा महावीर साहको घरमा भोज खान आएका थिए।
परिवारका सदस्यहरू भोजमा व्यस्त रहेको बेला तीन बालक पोखरीतर्फ गएका थिए । मृतक तीनै बालक महावीरका तीन छोरीका जेठा छोरा हुन् ।
सबैजना भोजमा व्यस्त रहेका बेला बालकहरू पोखरीमा पौडी खेल्न जाँदा डुबेर मृत्यु भएको हुनसक्ने वडाध्यक्ष गंगा साहले जानकारी दिए ।
तीनैजना बालकको शव पोस्टमार्टमको लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।
प्रतिक्रिया