निर्माणाधीन जनकपुर बसपार्क समयमै निर्माण सम्पन्न नहुँदा वर्षौदेखि यातायात मजदुरहरूले दुःख पाइरहेकोसमेत मन्त्री यादवलाई जानकारी गराइएको थियो ।
बसपार्क निर्माणाधीन रहेकाले माटो, धुलो, खाल्डोहरू रहेकाले वर्षाका समय पानी जमेर हिलो भएर र घाम लागेको समय धुलोले बसपार्कमा काम गर्न समस्या रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मधेश प्रदेश अध्यक्ष अनिरुद्र झाले जानकारी गराएका थिए ।
भेटमा मन्त्री यादवले चाँडै बसपार्क अनुगमन गरी निर्माण कार्यलाई चाँडै सम्पन्न गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।
मन्त्रीलाई भेट्न संगठनका अध्यक्ष राईसहित लोकतान्त्रिक यातायात व्यवसायी संगठनका मधेश प्रदेश अध्यक्ष रामनरेश सिंह, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका मधेश प्रदेश अध्यक्ष अनिरुद्र झा, कोषाध्यक्ष अर्जुन झा, टेंकर इकाई अध्यक्ष जोगी यादवलगायत सहभागी थिए ।
प्रतिक्रिया