मोरङमा बालबालिका खेलिरहेका ठाउँमा चट्याङ पर्‍यो, १ जना बालकको मृत्यु

आइतबार, २३ भदौ २०८१
विराटनगर : मोरङमा बालबालिका खेलिरहेका ठाउँमा आइतबार दिउँसो चट्याङ परेको छ । चट्याङले लागेर १ जना बालकको मृत्यु भएको छ भने बालिका घाइते भएकी छन् । चट्याङले लागेर सुनवर्षी नगरपालिका–९ मुस्लिम टोलका हमिद आलमका छोरा ११ वर्षीय सोफियन आलम मियाँको मृत्यु भएको हो । राजाबुल आलमकी छोरी ८ वर्षीया नजारा खातुन घाइते भएको प्रहरीले जाएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार राजा बुलको घरपछाडि रहेको कटहरको रुखमुनि बालबालिका खेलिरहेका थिए । त्यहीबेला दिउँसो २ बजेतिर चट्याङ परेर बालबालिका घाइते भएको उनको भनाइ छ । बेहोस भएका सोफियनलाई उद्धार गरेर रङ्गेली अस्पताल ल्याइएको थियो । उपचारका क्रममा दिउँसो २ः४५ बजेतिर उनलाई चिकित्सकले मृत घोषित गरेको जानकारी डिएसपी बस्नेतले दिए । उनका अनुसार रङ्गेली अस्पतालमै उपचाररत नजाराको अवस्था सामान्य छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार