आमासँगै नदीमा नुहाउन गएका दुई बालकको नदीमा डुबेर मृत्यु

आइतबार, २३ भदौ २०८१
पर्सा : पर्सामा आमासँगै नदीमा नुहाउन गएका दुई बालकको नदीमा डुबेर मृत्यु भएको छ। जिल्लाको जगरनाथपुर गाउँपालिका ५ मसिहानी टोल नजिकको गंगोल नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको हो। मृत्यु हुनेमा मृत्यु हुनेमा भारत बिहारको बेनिया बनकटवाका बृजेश ठाकुरका छोरा १० वर्षीय गुलशन ठाकुर हजाम र बिहारकै सिक्टाका अनरजित पटेलका छोरा ८ वर्षीय अभिषेक पटेल रहेका छन्। दुवै बालक जगरनाथपुर ५ मसिहानीस्थित मावलीघरमा बस्दै आएका थिए। आइतबार (आज) अपराह्न ४ बजेतिर गाँउका महिलाहरू ऋषिपञ्चमीका दिन गंगोल नदीमा नुहाउन गएका बेला दुवै बालक आफ्नी आमासँगै गएको प्रहरीले जनाएको छ । नदीमा पसेका दुवै बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार