धनकुटामा बस दुर्घटना हुँदा २५ जना घाइते

सोमबार, २४ भदौ २०८१
धनकुटा : मोरङबाट संखुवासभा जाँदै गरेको बस धनकुटामा दुर्घटना भएको छ। ठेलेर स्टार्ट गर्ने क्रममा धनकुटाको छथर जोरपाटी गाउँपालिका ६ स्थित कोशी लोक मार्गमा बस दुर्घटनामा परेको हो। प्रदेश नं १-०२-००२ ख २६१ नम्बर बसमा २५ जना यात्रु थिए। दुर्घटनामा संखुवासभा चैनपुर नगरपालिका १० खराङ बस्सेका ७१ वर्षीय भलबहादुर कटुवालसहित २५ जना घाइते भएका छन्। उनको स्थानीय क्लिनिकमा सामान्य उपचारपश्चात थप उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ। धनकुटाको छथर जोरपटी गाउँपालिका ६ मझुवाका ४६ वर्षीय चालक हरिबहादुर कटुवाललाई प्रहरी चौकी सिधुवाले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार