वीपी जयन्तीमा तरुण दलद्धारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण

सोमबार, २४ भदौ २०८१
मोरङ : मोरङको केराबारीमा रहेको श्री बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्याथीहरूलाई १११ औँ वीपी जन्मजयन्तीका अवसरमा नेपाल तरुण दल केराबारीले शैक्षिक सामाग्री वितरण गरेको छ । केराबारी ९ बेलचौरीमा रहेको विद्यालयमा अध्ययनरत ५६ जना विद्यार्थीहरू लाई शैक्षिक सामाग्री वितरण गरिएको हो । तरुण दल केराबारीका अनुसार वीपी जयन्तीका अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार समापन गरिएको हो । तरुण दलले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन केराबारी भ्यू प्वाइन्टमा सरसफाई गरी राष्ट्रिय झन्डा राखेको थियो । त्यस्तै, दोस्रो दिन वृक्षारोपण, तेस्रो दिन केराबारी ७ नं. मा रहेको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण, चौथो दिन स्वास्थ्यका लागि खेलकुद भन्ने सन्देशका साथ युवा युवतीहरूलाई खेलकुद सामाग्री वितरण गरिएको तरुण दल केराबारीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार