बाँसघारीमा बेहोस अवस्थामा फेला परेकी महिलाको मृत्यु

विहीबार, २७ भदौ २०८१
विराटनगर । मोरङमा बाँसघारीमा बेहोस अवस्थामा फेला परेकी महिलाको बिहीबार दिउँसो मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार लेटाङ नगरपालिका–३ त्रिशूली चोककी ४५ वर्षीया इन्द्रकमला राईको मृत्यु भएको हो । राई घरदेखि ५ सय मिटरजति पश्चिममा रहेको बाँस झ्याङमा दिउँसो १२ बजेतिर अचेत अवस्थामा भेटिएकी थिइन् । लडिरहेको अचेत अवस्थामा देखेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लेटाङतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको जानकारी बस्नेतले दिए । इन्द्रकमला खेतमा काम गर्नका लागि भनेर घरबाट गएको जानकारी परिवारले प्रहरीलाई दिएको छ । खेतमै रहेको बाँसघारीमा बेहोस अवस्थामा भेटिएकी महिलाको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । शव अहिले प्राथमिक स्वास्थ्य केन्द्र लेटाङमै रहेको र घटनाको अनुसन्धान अघि बढाइएको डीएसपी बस्नेतले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार