दुहबीको महेन्द्र स्कुलमा विभिन्न कार्यक्रम गर्दै बाल दिवस मनाइयो

शनिबार, २९ भदौ २०८१
चन्दन रौनियार दुहबी : ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा सुनसरीको दुहबी नगरपालिका वडा न.४ मा रहेको महेन्द्र मेमोरियल एकेडेमी बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम सहित बाल दिवस मनाएको छ। 'बालबालिका लगानी ,सुनिश्चित भविष्यको थालनी' भन्ने मूल नाराका साथ विद्यालय परिवार र अभिभावक साथै अन्य बुद्धिजीवीहरूको उपस्थितिमा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम सहित दिवस सम्पन्न गरिएको थियो। कार्यक्रममा विभिन्न विधामा प्रथम दोस्रो तेस्रो हुनेहरूलाई संयुक्त रूपमा पुरस्कार वितरण गरिएको थियो। उक्त अवसरमा विद्यार्थी,अभिभावक,शिक्षक तथा शिक्षिकाहरूबाट बाल अधिकारको बारेमा,बालबालिकाको अनुशासन,शिक्षा क्षेत्रमा राज्यको नीति,अभिभावकको कर्तव्य लगायतका विषयहरूलाई समेटेर महेन्द्र बोडिङ स्कुलका सहप्राध्यापक रमेश थापाले शुभकामना मन्तव्य राखेका थिए । संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेकोले उक्त सन्धिको आधारमा बाल दिवस मनाउँदै आएको छ। यस विद्यालयले पनि आफ्नो स्थापनाकाल देखि हरेक वर्ष बालबालिकाको अधिकारका लागि विशेष गरी यो दिवसको आयोजना गरेको विद्यालय सञ्चालक तथा प्रधानाध्यापक निश्चल शाक्यले जानकारी दिए। आगामी दिनमा अझै भव्य र रचनात्मक क्रियाकलाप गर्दै मनाउने तथा विद्यार्थीको चौतर्फी क्षेत्रमा विकास गर्न विद्यालयले कन्जुस्याइँ नगर्ने शाक्यको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार