ताप्लेजुङमा गुडिरहेको गाडीमाथि पहिरो खस्दा एकको मृत्यु

शनिबार, २९ भदौ २०८१
ताप्लेजुङ :  ताप्लेजुङमा पिकअपभ्यानमा माथिबाट खसेको पहिरोसहितको ढुङ्गा लाग्दा एक महिला मृत्यु भएको छ । मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका–३ निवासी २६ वर्षीया निर्मला गुरुङ रहेकी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतकानुसार फुङ्लिङदेखि फक्ताङलुङ गाउँपालिका जाँदै गरेको मे१ज १३६२ नंको पिकअपभ्यानमाथि फक्ताङलुङ गाउँपालिका-३ सिवा क्षेत्रमा पहिरोसहितको ढुङ्गा खसेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार