सुन्दरहरैँचामा हात्तीको बथानले भत्काइदियो घर

आइतबार, ३० भदौ २०८१
विराटनगर । मोरङको सुन्दरहरैँचामा शनिबार राति जंगली हात्तीको बथान छिरेर स्थानीयको घर भत्काइदिएको छ ।
सुन्दरहरैँचा नगरपालिका–९ कैरी टोलमा ६/७ वटाको संख्यामा देखा परेका हात्तीले राति ११ः३० बजेतिर घर भत्काइदिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय रहरमान राईको इँटाको घेराबारा र टिनको छानो भएको १ तले घर हात्तीले भत्काइदिएको हो । राईको घरको पूर्वतर्फको भाग भत्काएर हात्तीले क्षति पुर्याएको प्रहरीको भनाइ छ ।
हात्तीले घर भत्काउँदा ६० हजार मूल्य बराबरको क्षति भएको छ । प्रहरी, वन कर्मचारी र स्थानीयको सहयोगमा हात्तीलाई राति १२ बजेतिर जंगलतर्फ धपाइएको थियो ।
हात्तीले मानवीय क्षति नगरेको जानकारी दिँदै प्रहरीले जंगली हात्ती वस्तीनजिक देखा परेका कारण सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।
क्षति हुन नदिन हात्तीलाई जिस्क्याउने, लखेट्ने र असर पुग्ने गतिविधि नगर्न प्रहरीले सबैमा अनुरोध गरेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार