बारा । बाराको कोल्हवी नगरपालिका अन्तर्गत राष्ट्रिय जङ्गल छेउमा वयस्क जङ्गली हात्ती मृत फेला परेको छ ।
स्थानीय कोल्हवी नगरपालिका २ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परेको हो । अहिले नेपाल प्रहरी , सशस्त्र प्रहरी र डिभिजन वन कार्यालय बाराको टोली घटनास्थलमा पुगेको छ।
घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख इन्स्पेक्टर किशन बस्नेतले घटनाको पुष्टि गरेका छन् । इन्स्पेक्टर बस्नेतका अनुसार हात्तीको सुडमा सामान्य खतसंगै केही रगतको टाटा देखिएको छ । घटना बारे विस्तृत विवरण आउन बाकी रहेको इलाका प्रहरी कार्यालय कोल्हबीले जनाएको छ ।
प्रतिक्रिया