‘यस शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धि सही जानकारी र परामर्श पाउन भन्ने अपेक्षासहित मेला आयोजना गर्न लागिएको हो,’संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आयोजकले शैक्षिक मेलामा करिब १५ हजार भन्दा बढि विद्यार्थी तथा अभिभावकहरुले अवलोकन गर्ने अपेक्षा राखेको छ ।
मेलामा सहभागिता जनाउन विभिन्न देशका राजदुतावास तथा कुटनितिक नियोगहरुलाई समेत आग्रह गरिएको आयोजकले जनाएको छ ।
मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक सस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, डेनमार्कलगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको सहभागिता जनाउनेछन् ।
प्रतिक्रिया