झापामा बाटो काट्दै गरेको स्कुटरलाई पिकअपले ठक्कर दिदाँ महिलाको मृत्यु

विहीबार, १० असोज २०८१
झापा : झापाको शिवसताक्षीमा पिकअपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ११, दूधे स्थित पूर्व-पश्चिम राजमार्गमा पिकअपले ठक्कर दिदाँ स्कुटर चालक महिलाको मृत्यु भएको हो । झिलझिलेबाट माइधारतर्फ गइरहेको प्र. १-०१-०१७ प ४१७२ नम्बरको स्कुटरले दक्षिणतर्फबाट बाटो क्रस गर्ने क्रममा सोही दिशातर्फ गइरहेको प्र. १-०१-००१ च ८३३२ नम्बरको पिकअपले ठक्कर दिएको थियो। ठक्करबाट शिवसताक्षी ९ बस्ने ४० वर्षीया जानुका अधिकारीको मृत्यु भएको हो । घटनामा गम्भीर घाइते भएकी उनको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा आज (बिहीबार) साँझ ७ः१५ बजेतिर मृत्युभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा संलग्न पिकअप चालक इलाम नगरपालिका १ निवासी ३१ वर्षीय सुरेश बस्नेतलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार