बराहक्षेत्रमा चाडपर्व लक्षित बजार अनुगमन

विहीबार, १० असोज २०८१
बराहक्षेत्र : बराहक्षेत्र नगरपालिकाले उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउँदै आएको दाबी गरेको छ । बजारबाट उपभोक्ताहरूले पाउनुपर्ने गुणस्तरीय वस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको लगायतका विषयमा अनुगमन टोली सक्रिय बनेको हो । दसैँ तिहार नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको मूल्य बढी, एकरूपता नभएको म्याद नाघेका वस्तु बिक्री गर्न राखेको गुनासो उपभोक्ताबाट आएसँगै नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले बजार अनुगमनलाई प्रभावकारी बनाउन सक्रिय भएको हो । बिहीबार अनुगमन टोलीले वडा नं. ६ को चक्रघट्टी बजारमा रहेका खाद्यान्न किराना पसल, फलफुल पसल, चिसो पदार्थको डिलर, मासु पसल, फलफूल पसल पसलहरूको अनुगमन गरिएको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मात्रिका तिवारीले बताए । अनुगमनको क्रममा ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोला प्रयोग भएका पसल, म्याद नाघेका सामग्री नष्ट र म्याद नाघेका सामाग्री बिक्री गर्न राखेका पसललाई जरिवाना तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवा सुनसरी खाद्यन सामाग्रीको नमुना संकलनसमेत गरिएको तिवारीले जानकारी दिए । अनुगमनको क्रममा उपभोक्ताको हित विपरीत सञ्चालन भएका पसलहरूलाई नियमको पालना, म्याद नाघेका सामाग्री राख्ने व्यापारीहरूलाई जरिवाना, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलालाई नियन्त्रणमा लिएर जरिमानमा समेत गरिएको थियो । अनुगमनको क्रममा उपभोग्य मिति नाघेका खाद्यवस्तु, त्यस्तै म्याद नाघेका बस्तु बिक्री वितरण गर्न राखिएको पसलहरूलाई जरिवाना र दर्ता प्रक्रियामा रहेका व्यवसायहरूलाई आवश्यक सहजीकरण समेत अनुगमनको क्रममा गरिएको उपप्रमुख नन्दकुमारी सुनुवारले बताइन्। सुनुवार नेतृत्वको अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल, आर्थिक विकास शाखाका प्रमुख तिवारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवा सुनसरीका प्रमुख खाद्य अनुसन्धान अधिकृत संगम दाहाल, उद्योग वाणिज्य सङ्घ बराहक्षेत्रका कोषाध्यक्ष तुलसी श्रेष्ठ, नेपाल प्रहरी, नगर प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार