पाँचथरका छ वटा स्थानीय तहमा स्कुल बिदा

शुक्रबार, ११ असोज २०८१
पाँचथर : तीन दिन अगाडी देखि पर्न थालेको झरी जारी रहेसँगै पाँचथरका छ वटा स्थानीय तहमा सञ्चालित सबै विद्यालयमा बिदा दिइएको छ । झरीसँगै ठाउँठाउँमा पहिरो र ढिस्का लड्ने क्रम जारी रहेकाले विद्यालय जाँदा जोखिम बढ्ने भन्दै स्थानीय तहले स्कुल बिदा दिएका हुन । यसरी बिदा भएका स्थानीय तहहरूमा फिदिम नगरपालिका,फालेलुङ गाउँपालिका,फाल्गुनन्द गाउँपालिका,तुम्वेवा गाउँपालिका,कुम्मायक गाउँपालिका र मिक्लाजुङ गाउँपालिका छन् । सबै स्थानीय तहका प्रमुख स्तरीय निर्णयबाट स्कुलमा बिदा दिने निर्णय गरिएको फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद भट्टराईले जानकारी दिए। जिल्लाको फिदिम नगरपालिका सहित याङवरक,फालेलुङ,फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिका बाढी पहिरोको जोखिमको सूचीमा पर्छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार